नियम
अतिरिक्त समय काम गर्ने अदालत तोक्न सक्ने
(१) सर्वोच्च अदालतले कुनै अदालतलाई अतिरिक्त समय काम गर्ने अदालतको रूपमा तोक्न सक्नेछ र त्यस्तो सूचना सर्वोच्च अदालतले नेपाल राजपत्रमा प्रकाशन गर्नेछ ।

(२) उपनियम (१) बमोजिम तोकिएको अदालतले सर्वोच्च अदालतको सहमति लिई फैसला

गर्ने बाहेक अतिरिक्त समयमा गर्ने काम र समयको निर्धारण गर्नेछ ।

(३) उपनियम (१) बमोजिम तोकिएको अदालतले त्यस्तो समयमा काम गर्ने

न्यायाधीशसमेतको जनशक्तिको व्यवस्था मिलाउनेछ ।